नवनियुक्त दुई जना मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पाैडेलबाट शपथ लिएका छन् ।आज शुक्रबार शीतल निवासमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले शपथ ग्रहण गरेको हो ।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेको र गौरीकुमारी महोत्तरी जिल्ला – ४ र रामजी सप्तरी जिल्ला – २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

उनीहरूलाई आजै प्रधानमन्त्री बालेन्द्र शाहले नियुक्त गरेका थिए । प्रधानमन्त्री शाहले यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी आफैले राख्दै आएका थिए ।श्रममन्त्री दीपक साहलाई भने प्रधानमन्त्री शाहले हिजो मात्रै पदमुक्त गरेका थिए ।

यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन् ।


