काठमाडौंको पाटनमा दाजुभाइको हत्या गरेर प्रहरी देख्नासाथ कृष्ण मन्दिरको पछाडितिरबाट सञ्जीव भागिरहेका थिए । बाटोमा एक महिला र एक पुरुष लाठी बोकेर ड्युटीमा तैनाथ थिए । त्यसमध्ये महिला प्रहरी जवान शाहना बोहोरा सञ्जीवको पछिपछि दौडिएका थिइन् । करिव २०० मीटरसम्म लखेटेपछि हातमा चक्कु बोकेका सञ्जीवसँग ती महिला प्रहरी आमने-सामने भइन् र त्यसपछि उनले चक्कु बोकेको हातमा करिव चार–पाँच पटक लाठीले हानिन् “चक्कु भुइँमा खस्यो, सञ्जीव एउटा रेष्टुरेण्टमा लुक्न पुगेका छन्” महिला प्रहरी रेष्टुरेण्टभित्रै छिरिन् ” सञ्जीवलाई नियन्त्रणमा लिँदा महिला प्रहरीमाथि दुव्र्यवहारको प्रयास पनि गरेका थिए” तर, वरिपरि भएका मानिसले साथ दिँदा महिला प्रहरी उनलाई पक्राउ गर्न सफल भएकी छन् ।
साहसी महिला प्रहरीलाई हार्दिक बधाई ।

काठमाडौंको पाटनमा दाजुभाइको हत्या गरेकोलाई महिला प्रहरीले नियन्त्रणमा लिएका थिन, र पाइन् पुरस्कार । ललितपुरको पाटन दरबार क्षेत्र नजिक भएको चक्कु प्रहार घटनामा फरार आरोपीलाई पक्राउ गर्न सफल भएका दुई प्रहरी कर्मचारीलाई सम्मान गरिएको जनाइएको छ । घटनामा देखाएको साहसिक भूमिका र तत्काल कारबाहीका कारण उनीहरूलाई पुरस्कृत गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी इश्वर कार्कीले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटी र प्रहरी जवान शाहाना बोहरालाई पुरस्कार प्रदान गरेका हुन्। चैत २५ गते साँझ पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि सिर्जन नेम्वाङ र सुमित नेम्वाङमाथि चक्कु प्रहार भएको थियो।
घटनापछि हतियारधारी सन्जिब नेपाली घटनास्थलबाट भागेका थिए। तर प्रहरी जवान शाहानाले उनलाई लखेटेर नियन्त्रणमा लिन सफल भएकी थिइन्। सो साहसिक कदमलाई उच्च मूल्यांकन गर्दै उनलाई नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, घटनाको तत्काल अनुसन्धान र आरोपी पक्राउमा नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई पनि सम्मान गरिएको जनाइएको छ। प्रहरीको तत्परता र समन्वयका कारण घटनाको आरोपी छिट्टै नियन्त्रणमा लिन सफल भएको अधिकारीहरूको भनाइ रहेको छ।


