Saturday, May 30, 2026

पर्साका वीरगन्जमा प्रहरी जवानको हत्या,चार जना पर्सा प्रहरीद्वरा पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका वीरगन्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएपछि, त्यो क्षेत्र स्तब्ध बनेको छ। आज आइतबार अपराह्न भएको उक्त घटनामा प्रहरी जवान विकास चौरसियामाथि आक्रमण गरी हत्या गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार सप्तरी दरबन्दी भई बिदामा घर आएका विकास चौरसियामाथि केही युवकहरुको समूहले अचानक आक्रमण गरेका थिए” प्रारम्भिक सूचनाअनुसार आक्रमणकारीहरूले भारी वस्तु प्रयोग गरी कुटपिट गरेका थिए”
घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो, गम्भीर घाइते अवस्थामा रहेका चौरसियालाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिसकेको जिल्ला प्रहरी पर्साले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताउँछन् ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले व्यक्तिगत सम्बन्ध, विशेषगरी एक महिलासँगको प्रेम सम्बन्धका कारण विवाद चर्किँदा घटना भएको हुन सक्ने संकेत रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमण कारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुट पिट गरेका थिए, रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा कुटपिटबाट चौरसियाको मृत्यु भएको पर्साका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles