पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार अध्यागमन कार्यालय अगाडि बिहीबारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अध्यागमन कार्यालयको प्रतिनिधि सम्मिलित ‘संयुक्त चेक पोस्ट’ स्थापना गरिएको जनाइएको छ ।

पर्सा प्रहरी, तथा पर्सा सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले सीमा क्षेत्रमा चेकजाँच सुरु गरेको छ ।
पर्सा सुरक्षा निकायका अनुसार सीमा वारपार गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात बोकेको हुनुपर्नेछ । नेपाली नागरिकले नागरिकता तथा भारतीय नागरिकले आधार कार्ड वा अन्य आधिकारिक परिचयपत्र साथमा राख्नुपर्ने बताउँछन् ।

त्यसैगरी, तेस्रो मुलुक (थर्ड कन्ट्री) बाट आउने व्यक्तिहरूले पासपोर्ट र भिसा अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। आवश्यक कागजात बिना भेटिएका व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

सुरक्षा व्यवस्था कडाइसँगै अवैध गतिविधि, तस्करी, अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिइएको प्रहरीले बताउँछन् ।
सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षा निकायले निगरानी थप सुदृढ बनाएको पर्साका सुरक्षाकर्मीहरु बताउँछन् ।


