Sunday, April 26, 2026

राैतहट जिल्लाको सीमा क्षेत्र तस्करीमा उच्च अधिकारीको संलग्नता :-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेशका लगायतको जिल्लाहरुमा तस्करी प्रकरणमा जोडिएको बेला राैतहट जिल्लामा उच्च अधिकारीहरुको संलग्नतामा नै तस्करी भइरहेको देखिन्छ ।

राैतहट जिल्ला तस्करीको लागि सुरक्षित हब मानिन्छ । राैतहटको नाकाबाट कपडा, चिनी, काजु, लहसिनु,मदिरा, लागूऔषध लगायतको धन्धा सुरक्षित रुपमा भइरहेको छ । अधिकांश सामानहरु भारतबाट नै तस्करी भएर नेपाल आउने गरेपनि केही सामानहरु नेपालबाट भारततर्फ तस्करी हुने गरेको पाइन्छ । नेपालबाट भारत तर्फ गाँजा, मदिरा, चाइनिज लहसुन, मगज (तरबुजाको बीउ) मरिच लगायतका वस्तुहरु तस्करी भएर जान्छ । भारतीय सीमा क्षेत्रमा एक सय रुपैयाँको भन्दा बढी मालसामान निजी प्रयोजनका लागि ल्याइए पनि भन्सार काट्नु पर्ने सरकारले परिपत्र गरे पनि तस्करहरुको हकमा भने लागु भएको छैन । राैतहटमा संस्थागत रुपमा तस्करी हुने गरेको छ ।

त्यसमा सुरक्षा अधिकारीहरुको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ । तस्करीलाई केही राजनीतिक दलका नेताहरुले समेत संरक्षण र मलजल गरेको बताइन्छ । राैतहट जिल्लामा सुरक्षा अधिकारीहरुले माथिल्लो निकायमा मोटो रकम बुझाएर आउने गरेको आरोप नौलो होइन । नक्कली नेपाली र भारतीय रुपैयाँको समेत सर्वाधिक सुरक्षित ढंगले राैतहटको औरैया, रामपुरखापको नाकाबाट धन्धा भइरहेको स्रोतहरुले जनाएका छन् ।

सर्वसाधारणले हातमा झुण्ड्याएको झोलालाई सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुले उल्टाइ पल्टाइ जाँच गर्छन् । तर तस्करीका ट्रक, पिकअप, मोटरसाइकलहरु निर्वाध रुपमा आउजाउ गरिरहेको देखिन्छ । लेनदेनमा बात नमिलेपछि मात्र मधेस प्रदेशका जिल्लाको सीमामा तस्करीको मालसामान बरामद हुन्छ ।

पछिल्लो पटक सर्लाहीबाट खुलेआम भारततर्फ पठाइएको भारी परिमाणमा अवैध सामान भारतीय सुरक्षा निकायले बरामद गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले अवैध सामानसहित दुईवटा पिकअप नियन्त्रणमा लिएपछि नेपालतर्फको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न खडा भएको थियो । भारतको सीतामढी जिल्लाको नेपालसित जोडिएको सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ले सखुअवा र संग्रामपुर नाका हुँदै लगिएको चिनियाँ लहसुन र खरबुजाको बीउ बोकेको दुईवटा महिन्द्रा बोलेरो पिकअप नियन्त्रणमा लिएको थियो । त्यसबाट ‘सेटिङमा चलिरहेको तस्करी’ को यथार्थ सेटिंग सार्वजनिक भएको बताइएको छ ।

सार्वसाधारणलाई घरायसी प्रयोजनाको लागि समानमा रोक लागेको बेला यसरी हुदैछ, राैतहट सिमा नाकाबाट तस्करी । नयाँ सरकार गठनपछि पनि रोकिएन तस्करी,राैतहट जिल्लाको औरैया,नरकटिया,रामपुर खापको नाकाबाट तस्करी भएको सामान भारतमा एसएसबीद्वारा मोटरसाइकलसहितको कपडा बरामद गरेको भारतिय एसएसबीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles