Monday, May 18, 2026

भारतिय एसएसबीद्वारा ३२ केजी गाँजासहित पिन्टु कुमार पक्राउ:-

ताजा / भरखरै प्राप्त

नेपाल–भारत सीमामा ३२ किलोभन्दा बढी लागु औषध गाँजासहित भारतीय नागरिक गाडी चालक पिन्टु कुमारलाई भरतिय एसएसबीले पक्राउ गरेको छ । लागूऔषधविरुद्ध सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत ठूलो परिमाणमा गाँजा बरामद गरिएको एसएसबीले जनाएको छ । भारतको बिहार रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) का ४७ औँ वाहिनीले नेपालबाट भारततर्फ जाँदै गरेको एक कारबाट ३२ किलो ४५० ग्राम गाँजा बरामद गरेको जनाएका छन् ।
एसएसबीका अनुसार कमाण्डेन्ट सञ्जय पाण्डेयको निर्देशनमा हिजो आइतबार बिहान विशेष सूचनाका आधारमा सीमा स्तम्भ नम्बर ३०९/३३ नजिक रहेको मैत्री पुल चेकपोस्टमा सवारी जाँच अभियान सञ्चालन गरिएको जनाएको छ ।
सो क्रममा नेपालको बिरगञजबाट भारततर्फ प्रवेश गर्दै गरेको बीआर ०६ पीडी ५४७० नम्बरको डसटन कारलाई शंकाको आधारमा चेक-जाँच गरिएको थियो,जाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा फेला परेको भारतिय एसएसबीले जनाएका छन् । बरामद गाँजाको कुल तौल ३२ केजी ४५० ग्राम रहेको बताइएको छ।
पक्राउ परेका कार चालक भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, कल्याणपुर थाना क्षेत्रको बदहरवा महानन्द गाउँ निवासी मन्टु कुमार पक्राउ परेका छन् ।
एसएसबीले सोधपुछपछि बरामद गाँजा, चालक तथा प्रयोग गरिएको सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया प्रहरी चौकीलाई बुझाइएको एसएसबीले बताएका छन् । एसएसबीले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी, अवैध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि निरन्तर निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएका छन् । यसअघि पनि सीमाक्षेत्रबाट विभिन्न प्रकारका लागूऔषधका ठूला खेप बरामद गरिएको उल्लेख गर्दै एसएसबीले आगामी दिनमा समेत यस्ता गतिविधिविरुद्ध कडा कारबाही जारी रहने स्पष्ट पारेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles