इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक राजीव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिम्राैगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मीन बहादुर घले का अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजिव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्या मुद्दाका फरार अभियुक्तलाई नियन्त्रणमा लिएका छन् ।
प्रवक्ता घलेले दिएको जानकारीअनुसार, मिति २०८० असोज १० गते साँझ करिब ७:५५ बजे बारा जिल्लाको पचरौता नगरपालिका–६ पकडिया स्थित लक्ष्मिनिया पोखरी डिलमा अजित कुमार सिंह माथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न रहेका अभियुक्त घटनापछि फरार थिए।
सोही घटनामा संलग्न भई फरार रहेका भारत, बिहार राज्य, मोतिहारी जिल्ला, थाना दरपा, ग्राम पञ्चायत तिनकोनी निवासी ३० वर्षीय रोहित मुखिया लाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई २०८३ जेठ २० गते साँझ करिब ५ बजे पचरौता नगरपालिका–४ बेल्दारीबाट फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मुखियामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।


