पक्राउ पर्नेमा ५ भारतीय र १ नेपाली रहेका छन्। उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । १ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । सिरहाको लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न जाँदा प्रहरीद्वारा गोली प्रहार, दुई जना लागु औषध कारोबारी घाइते भएका छन् । सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। घटनामा एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरेको थियो। पक्राउ गर्ने क्रममा शंकास्पद व्यक्तिहरूले प्रतिरोध गरेपछि अवस्था नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था र परिचय खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले नियन्त्रणमा लिएका ६ जनामाथि सोधपुछ तथा थप अनुसन्धान अघि बढाइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।


