Tuesday, April 22, 2025

नेपाल प्रहरीको सई हुँ भन्दै ठगी गर्ने सहयोगी पक्राउ ।

ताजा / भरखरै प्राप्त

प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक जना पक्राउ परेका छन् ।

प्रहरीको सई हुँ भन्दै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले गोविन्द श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।
श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको आरोप छ ।

तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएका
थिए ।
तर उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।
त्यही बेला श्रेष्ठले आफू
नेपाल प्रहरीको सई हु भएको बताउँदै ठगी गरेको खुलेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles