चीनका विदेश मन्त्री वाङ यीले नेपालमा बाढीपहिरोका कारण
भएको जनधनको क्षतिप्रति
दुःख व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु
राणा देउवालाई सन्देश पठाउँदै उनले दुःख व्यक्त
गरेका हुन् ।
उनले नेपालमा भारी वर्षाका कारण बाढी र
पहिरोको भएको ठूलो मानवीय र सम्पत्तिको क्षतिले आफू स्तब्ध भएको बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य
समेत रहेको वाङले
सुख–दुःख साझा गरेको र
आवश्यकताअनुसार नेपालको बाढीपीडितका लागि आफ्नो क्षमताअनुसार सहयोग गर्न
तयार रहेको बताउनु भएको छ ।