
इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सीराङ गा.पा.वडा नं. ५ ढुङगुखोला स्थित खोलाको बगरमा शंकाष्पद रुपमा झोला बिकी हिडिरहेका जिल्ला पर्सा पर्सागढी न.पा. वडा न. ८ बस्ने बर्ष ४६ को देवीलाल सहनी र ऐ. वडा नं. ०१ बस्ने बर्ष ३२ को राम नारायण रामलाई फेलापारी रितपुर्वक निजहरुको शरीर तथा निजहरुले बोकेको झोला समेतको खानतलासी गर्दा झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा १७ किलो ६०० ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध गांजा सहित निजहरु देवीलाल सहनी र राम नारायण रामलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ।