सशस्त्रप्रहरी र नेपाल प्रहरीको संरक्षणमा सप्तरीको राजबिराज नाकाहरूबाट राति दिउँसो तस्करी सुरु भैको छ ।
सप्तरीका नाकाहरूबाट अहिले खुलेयाम प्रहरीहरूकै संरक्षणमा तस्करी धन्दा शुरू भएको स्थानीयले बताउँछन् ।
देशको अर्थतन्त्र धरापमा पर्दै गएको अवस्थामा यसरी तस्करी धन्दा शुरू हुनुले झनै खतराको
घण्टी बज्ने देखिन्छ ।
प्रहरीहरूको संरक्षणमा तस्करी धन्दा मौलाएको स्थानीय बासिन्दा
बताउँछन् ।
नेपालबाट चाइनिज
समान, सुपारी , लसुन, मरिच, मदिरा, ग्याँस लाइटर, स्याउ, कस्मेटिक्स लगायतका समानको भारत निकासी भईरहेको छ, भने भारतबाट धान, चामल, प्याज, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनीलगायतका सामान आईरहेको छ ।
सप्तरी स्थित छोटी भन्सार रहेका बनैनिया, पातो, राम नगर कोदरकट्टी र बेल्ही नाकाबाट तस्करी भइ माल समानहरु सहजै नेपाल र भारत भित्रिने गर्छन ।
बेल्ही, पातो, बोदे बर्साईन, छिन्नमस्ता, नर्घो, स्वर्णपट्टी नाका तस्करीका लागि वढि प्रयोग भईरहेका छन्। त्यसमा पनि पातो र वेलही नाका अझै वढि चल्तीमा रहेको स्रोत बताउँछ ।
यी नाका भएर प्रहरीको सेटिङमा भन्सार छली गरी सामानहरु ओसार पसार भईरहेको छ ।
सप्तरीका नाकामा
लाईन मिलाउन सिरहा र सप्तरीका कतिपय ठुला व्यापारी र भारतीय ब्यवसायीले नेतृत्व
गरेका छन् ।
सिरहाका हरेराम यादव, प्रकाश साह र गोपाल गुप्ता अनि सप्तरीका मो. अजिज, मो. सागिर र ओमप्रकाश यादवले प्रहरीसँग मिलेर लाईन खुलाएका छन् ।
तस्करहरुले ट्याक्टर र ट्रकमा सामान ओसार–पसार
गरिरहेका छन् ।
सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र सशस्त्र प्रहरीका घुमुवा, र नेपाल प्रहरीका घुमुवाहरू खटिएका हुन्छन् ।
भारदह नाकाबाट अनिल पजियारले कपडा बुडन मुखियाले सूर्तिजन्य देखि अन्य , पातो सीमावर्ती क्षेत्रबाट अरूण देव यादव कपडा महेश साह रक्सीको तस्करी धन्दा गर्छन् भने अमित साह र सानू यादवले सिराहा नाकाबाट तस्करी गराई सप्तरी सम्म सामान ल्याउं गरको छन् ।
उनीहरू दुबैले कपडाको पनि ठूलो तस्करी गर्दै
आएका छन् ।
छिन्नमस्ताको मोहनपुरबाट लसुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका भएको
बुझिएको छ ।
विभिन्न सामान तस्करी हुने सप्तरीको अर्को नाका हो, हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु ।
यो नाकाबाट दैनिक मदिरा तस्करी हुन्छ ।
दिनभरि तस्करीको
मदिरा ढुवानी गरी डुंगा चल्ने ठाउँसम्म भण्डारण
गरिन्छ ।
रातिराति उक्त नगरपालिकाका ६ र ८ नम्बर वडाका किलो नौंज बाट डुंगामा राखेर गोबरगाढा टापुसम्म
मदिरा पु¥याइन्छ ।
र, त्यहाँबाट मदिराका कार्टुन बोरामा राखी घोडामार्फत भारततर्फ तस्करी गरिन्छ ।
तस्करी फस्टाएको सप्तरीको अर्को नाका
हो, बेल्ही ।
उक्त नाकाबाट छोकरा, स्याउ, लसुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बासिन्दाले बताउँछन् ।
तस्करीका लागि सप्तरीका हनुमाननगर, कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाइन नाका उर्वर छन्। हुनमाननगरबाट कोसी नदी हुँदै डुंगामा मदिराका
बोरामा राखेर भारततर्फ पु¥याउन तस्करहरूको संगठित सञ्जाल नै परिचालित छन् ।
सप्तरीको गोबरगाढा, कोसीपलार, सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो
हुँदै मदिरा, र लसुन तस्करीमा वृद्धि भएको देखिन्छन् ।
मदिरा, लसुनको तस्करीको समान टाउकोमा बोकेर र मोटरसाइकलको प्रयोग गरेर तस्करी भइरहेको पाइएको छ ।
सशस्त्र प्रहरीका घुमुवा, र नेपाल प्रहरीका घुमुवाहरूले तस्करीको संरक्षण गरिरहेको बुझिएको छ ।