Monday, June 30, 2025

काभ्रेमा एम्बुलेन्सगाडीमा लागूऔषध बरामद :

ताजा / भरखरै प्राप्त

एम्बुलेन्सबाट जिल्ला
प्रहरी कार्यालय काभ्रेले लागूऔषध बरामद गरेको छ । बिहीबार राति ९ बजेतिर काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले सवारी जाँच गर्ने क्रममा एम्बुलेन्सबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बीपी राजमार्गमा सवारी साधनहरु नियमित जाँच गर्ने क्रममा महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ बिरामी लैजानेक्रममा ज १ च १९०८ नम्बरको एम्बुलेन्सबाट चालकको सिटभन्दा पछाडि लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । एम्बुलेन्स धनुषाको धनुषाधाम नगरपालिका-६ हरिपुर बस्ने ४४ वर्षीय सुरेश मिझारले चलाएका थिए ।उक्त सवारीबाट नुफिन, डाइजेपाम र फेनारगन गरी ३ हजार एम्पुल लागूऔषधसहित एम्बुलेन्स चालक सुरेश मिझारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताए ।
घलेलाई शुक्रबार
जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य
भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles