Monday, June 30, 2025

मधेस प्रदेशको अध्यक्षपदमा श्याम बञ्जरा विजयी:

ताजा / भरखरै प्राप्त

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचन परिणाम सार्वजनिक ।
प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका श्याम बञ्जरा अध्यक्षमा विजयी भएका छन्।

बञ्जराले ३१३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी अवधेश झालाई ६७ मतले पछि पार्दै बिजय
भएको छन् ।
झाले २४६ मत प्राप्त गर्नु भएको थियो ।

महासचिव पदमा शैलेन्द्र महतो (क्रान्ति)
विजयी भएका छन् ।
उनले प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन,
र प्रेस मञ्चलगायतका सङ्गठनको साझा उम्मेदवारका रूपमा
३९० मत हासिल गरेका थिए।
उनका प्रतिस्पर्धी,
प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार राजन सिंहले ३२१
मत प्राप्त गरेको छन् ।

महिला उपाध्यक्षमा ज्योति झाले विजय हासिल गरेकी छिन् ।
उनले ३७१ मत ल्याएर प्रतिस्पर्धी हेम कुमारी (सुनिता) लाई १४० मतले पछि पारेकी हुन् । सुनिताले २३१ मत
प्राप्त कि छिन् ।
सचिव पदमा प्रेस
सेन्टरका दीपक गौतम विजयी भएका छन् ।
उनले २६५ मत पाउँदा उनका प्रतिद्वन्द्वी नवीन कुमार नवलले २५०
मत प्राप्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles