
पर्साका बिरगंज नारायणी अस्पताल उपचार केन्द्र को रिफर सेन्टर बन्दै
गएको छ ।
नारायणी अस्पतालमा आकस्मिक प्रसूति सेवाका लागि पोर्टेबल भिडियो एक्सरेजस्तो अत्याधुनिक उपकरण भए पनि, यो केवल थन्क्याएर राखिएको छ ।
समस्या उपकरणको अभावमा होइन, ड्युटीमा रहेका डाक्टरहरूको गैरजिम्मेवारी र काम गर्न नचाहने प्रवृत्तिमा छ ।
डाक्टरहरू ड्युटीमा उपस्थित भएर पनि बिरामीको एक्सरे गर्न नआउने, आवश्यक सेवाबाट पन्छिने र बिरामीलाई सिधै अन्यत्र रिफर गर्ने प्रवृत्ति नारायणी अस्पतालमा सामान्यजस्तै भएको देखिन्छ ।
अझ चिन्ताको कुरा,
यो कुरा आफैं ड्युटीमा रहेका डाक्टरहरूले स्वीकार गरेका छन् ।
सेवा लिन आएका बिरामीहरूलाई आवश्यक उपचार नगरी रिफर गर्नुपर्ने बाध्यता अस्पतालको उद्देश्य र बिरामीप्रतिको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाउँछ ।
यो अस्पतालका उपकरण र स्रोत साधनलाई केवल प्रदर्शनका लागि राखिएको भन्ने स्पष्ट हुन्छ ।
अझै गम्भीर कुरा, यस समस्याप्रति न त अस्पताल प्रशासनको ध्यान पुगेको छ, न विकास समितिको चासो रहेको छ, न त सम्बन्धित निकायले यो विषयलाई गम्भीरतापूर्वक लिएका छन् ।
बिरामीको ज्यान जोखिममा राख्दै सेवा
दिने नाममा केवल औपचारिकता पूरा गर्न अस्पताललाई यत्तिकै छाडिएका छन् ।
डाक्टरहरूको यस्तो गैरजिम्मेवार व्यवहारले केवल बिरामीलाई अन्यायमात्र गर्दैन, अस्पतालको प्रतिष्ठा
र स्वास्थ्य सेवा क्षेत्रकै विश्वासलाई पनि ठेस पुर्याउँने गरेको छ ।
डाक्टरहरूलाई जिम्मेवारीबोध गराउँदै उनीहरूको कामप्रति
कडा अनुगमन र जवाफदेहिताको व्यवस्था नगरेसम्म, यो समस्याको समाधान नहुने
देखिँएको छ ।