Tuesday, July 1, 2025

चोरी र लुटपाटको आरोपमा तीन जना पक्राउ:

ताजा / भरखरै प्राप्त

जिल्ला कास्कीको पोखरामा लुटपाटमा
संलग्न रहेको आरोपमा तीनजना पक्राउ
परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ
रिसिंङका ३७ वर्षका मोहन भन्ने मधु सिंङ थापा मगर,
बाग्लुङ बाङ्गादोबानका
३८ वर्षका प्रकाश थापा, र रोल्पा थवाङका ३२ वर्षका गोपाल नेपाली रहेका छन् ।

पोखरा बेगनास बस्ने ७९ वर्षका वेदुनाथ अधिकारीको घरमा ३
जना नकावधारी मानिसहरुले धारिलो हतियार देखाई चोरी
गरेका थिए ।

सोही आरोपमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की जिल्ला अदालतबाट
चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान
थालेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles