Sunday, May 31, 2026

पसलमा दिउँसै चोरीगरेको संलग्नमा मगर पक्राउ:-

ताजा / भरखरै प्राप्त

विराट अर्जुन सहकारी संस्थाले सञ्चालन गरेको सहकारी पसलमा दिउँसै चोरी भएको घटनामा संलग्न रहेको एक युवालाई प्रहरीले बिर्तामोड क्षेत्रबाट पक्राउ गरेको छ ।बिर्तामोड-४ स्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलमा चोरी गरी फरार युवक पक्राउ परेका छन् । चोरी गरेको अभियोगमा शिवसताक्षी-७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगरलाई प्रहरीले पक्राउ गरेको
हो ।
गत चैत २ गते बिहान ९:५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी भएको थियो । सिसिटिभी फुटेजका आधारमा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरी गर्दै गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles