Monday, May 12, 2025

भारतीय सेनाले भन्योअपरेसन सिन्दूर’मा १०० आतंककारी मारिए:-

ताजा / भरखरै प्राप्त

भारतीय सेनाले ‘अपरेसन सिन्दूर’ मा १०० भन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेको हो । पत्रकार सम्मेलनमा डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले अपरेसन सिन्दूरमा १०० भन्दा बढी आतंकवादी मारिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरको बारेमा जानकारी दिए ।
‘सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँहरूमा सटीक लक्ष्यका साथ आक्रमण गरियो । यी आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिए बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles