सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५० मिटर अगाडि त्रिभुवन राजपथ सडक खण्डको वीरगंजतर्फ जाने बाटोमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०३-००४ प ५६६४ नम्बरको मो.सा. र उक्त मो.सा.मा सवार जिल्ला बारा, बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बरैनिया बस्ने बर्ष ४० को १ जनालाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा निजले जुत्तामा लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रुपैयाँ रु.६,००,०००, नगद र मोटरसाईकलसहि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीका सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।