Sunday, May 31, 2026

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्यमा सशस्त्रको अभ्यास सुरु:-

ताजा / भरखरै प्राप्त

रौतहट,२३ जेठ
रौतहट जिल्लामा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास २०८२ गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीन वटै सुरक्षा निकायले आज संयुक्त रुपमा गौर नगरपालिका–४ स्थित बरहवा तालमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले तराई–मधेशमा मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक सर्तकता अपनाउनका लागि विपद् प्रतिकार्य अभ्यास गरिएको बताउनुभयो । ‘‘विपद्को उच्च जोखिमयुक्त जिल्ला भएकाले पनि विपद् प्रतिकार्य अभ्यास गरिएको हो ।’’ विपद् प्रतिकार्य अभ्यासमा नेपाली सेनाको नारायण दल गण, जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हेड क्वाटर तथा विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी, रेस्क्यू ईप्रोभाईज सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटर बोट तथा पुलबाट रेस्क्युको प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्य क्रृतिम अभ्यास लगायत ‘वाटर सर्च एण्ड रेस्क्यु’ सीएसएसआर र फायर फाइटिङ का सामग्रीहरुको प्रदर्शनी कार्यक्रम समेत सञ्चालनमा भएको थियो । रौतहट प्रहरीका प्रमुख नेत्रमणि गिरीले वर्षायाममा सम्भावित हुनसक्ने विपद्जन्य घटनालाई न्यूनीकरण गर्नका लागि सो अभ्यास गरिएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण हे क्वाटर रौतहटका गणपति सन्तोषकुमार बस्नेतले यस्ता खालका गतिविधिले विपद्मा उद्दार र राहतमा ठूलो सघाउ पु¥याउने बताउनुभयो ।
‘‘हामीले विपद्सँग जुध्नका लागि समय समयमा यस्ता खालका अभ्यास गर्दै आइरहेका छौं ।’’ उहाँले भन्नुभयो । सो अभ्यास कार्यमा करिव दुई सय ५०जनाभन्दा धेरै स्थानीयको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles