Saturday, April 25, 2026

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लाखौंको तस्करीका सामान बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म वीरगञ्जबाट खटीएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका -१० बजरंगटोल स्थित सुधा कुञ्ज लेखिएको ३ तले पक्की घरको ग्राउण्ड फ्लोअरमा भाडामा लिई धिरज रौनियारले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई गोदामा भण्डारण गरी राखेको अवस्थामा मूल्य रु.७,७०,५००।- बरावरको कपडाहरु तथा BR05U4530 नम्बरको SUPER SPLENDOR भारतीय मोटरसाईकल भेटाएको हुँदा उक्त मोटरसाइकलको रु.१,५०,०००, मुल्याङ्कन गरी कपडा सहित मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोही गुल्मले सोहि मितिमा वीरगञ्ज महानगरपालिका – १६ तथा १० स्थित बिभिन्न सीमा नाकाहरुबाट रु. २,४८,१००।- बरावरको कपडाहरु र मसलाहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

साथै सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले बिन्दवासिनि गाउँपालिका-५ स्थित प्रसौनिभाठाबाट भारतबाट अबैध रुपमा भन्सार छलि BR 22 T1432 नम्बरको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. २३,३८०,बराबरको किराना सामान सहित मोटरसाइकललाई नियन्त्रणमा लिई उक्त मोटरसाइकलको रु.१,८०,०००।- मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)देबेन्द्र बहादुर सिंहले जानकारी दिनु भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles