मेडिकल प्रवेश परीक्षामा नाम ननिस्किएपछि डाक्टर बन्ने सपना अधुरै, तर इन्स्पेक्टर बनेर अहिले गर्दैछिन् देशको सेवा ।

सुदूरपश्चिमको कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिकामा सामान्य किसान परिवारमा जन्मिएकी थिइन् भगवती तिमिल्सिना। बुबा आमाले दुख गरेर प्लस टु सम्म पढाए। प्लस टुमा उनले विज्ञान पढेकी थिइन्। डाक्टर बन्ने सपना सहित उनले विज्ञान पढेकी थिइन्।
त्यसपछि उनी मेडिकल प्रवेश परिक्षाको तयारीका लागि भनेर काठमाडौँ आइन्। तयारी राम्रो गरेपनि मेडिकल प्रवेश परिक्षामा उनको नाम निस्किएन। डाक्टर बन्ने सपना अधुरै रहेपनि उनले हार भने मानिनन्। जीवनमा केहि गर्नु पर्छ, एक क्षेत्रमा सफलता नमिले पनि अन्य क्षेत्रमा राम्रो गर्न सकिन्छ भनेर उनी अगाडी बढिन्।
रसायन विज्ञान विषय रोज्दै बीएससी अध्ययन सुरु गरिन् र पछि नेपाल प्रहरीमा नाम निकालिन्। अहिले उनी उपत्यका प्रहरी शिक्षालयमा कार्यरत रहेकी छिन् ।


