Wednesday, April 22, 2026

गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रालयबाट यसरी बिदा भए:-

ताजा / भरखरै प्राप्त

आज गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रालयबाट बिदाई भएको छन् ।गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएर हात हल्लाउँदै आफैंले गाडी चलाएर निस्किएको दृश्य हेर्नु होस् , एक सच्चा जिम्मेवारी र चरित्रको प्रत्यक्ष उदाहरण बनेको छ, हजारौ काण्ड घटाएर सत्ता र पदमा टाँसिइरहने प्रवृत्ति हाबी भएको यो समयमा आफ्नो जिम्मेवारीको बोध महसुस गर्दै चुपचाप पदबाट बाहिरिएका सुदनमा लोभ लालच स्वार्थ केही नरहेको प्रस्ट देख्न सकिन्छ,न कुनै नाटक, न कुनै दोषारोपण, न त शक्ति प्रदर्शन, मात्र एउटा शालीन विदाइ।

यो दृश्यले एउटा सन्देश दिएको देखिन्छ , कि पद ठूलो होइन, चरित्र र इमानदारिता ठूलो रहेको छ । सत्ता स्थायी होइन, तर नैतिकताको सदैव जीवित रहन्छ । यस्ता उदाहरणहरूले नै राजनीति अझै पनि आशा गर्न लायक छ भन्ने विश्वास जगाउँछ ।

चौतर्फी दबाब पछि गृहमन्त्री द्वारा राजिनामा दिएको हो, वालेन्द्र शाह ‘बालेनको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकै दिन उनी गृहमन्त्री नियुक्त भएका थिए।गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि उनको आय र लगानीको स्रोतबारे विभिन्न प्रश्न उठेको थियो। त्यसपछि उनले मन्त्री बनेको २७ औँ दिनमा राजीनामा दिएको जनाइएको छ ।

गोरखा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङले आफूसँग सम्बन्धित विषयको निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्नका लागि राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा उनी तेस्रो मर्यादाक्रममा थिए।

त्यसपछि मर्यादाक्रम परिवर्तन हुँदा उनी पाचौँ स्थानमा रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles