Saturday, May 30, 2026

भारतको सर्वोच्च अदालतको आदेशपछि भारतको लोकसभाले राहुल गान्धीको सांसदमा बहाल गरेको छ । आज एक् सूचना जारी गर्दै गान्धी सांसद पदमा बहाल भएको जानकारी दिएको छ ।

ताजा / भरखरै प्राप्त

गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनी सांसद पदमा बहाल भएका हुन् ।

गत मार्चमा सुरत अदालतले ३ वर्ष जेल सजाय हुने फैसला गरेपछि लोकसभाले गान्धीलाई सांसदबाट हटाएको थियो । सन् २०१९ को एक चुनावी सभामा गान्धीले चोरीमा संलग्न सबैको नाम मोदी नै किन हुन्छ भनेर भाषण गरेपछि सो विषयमा उनीविरुद्ध लोकसभाकै भाजपाका एक सांसदले सुरत अदालतमा मानहानीको मुद्दा हालेका थिए । मुद्दा सुनुवाइ गर्दै अदालतले कैद सजाय तोक्ने फैसला सुनाएको थियो । त्यसपनि उनको सांसद पद निलम्बनमा परेको थियो ।

राहुलले सुरत अदालतविरुद्ध गुजरातको उच्च अदालतमा पुनरावेदन गर्दाका उनको सजाय फैसला सदर गरेको थियो । त्यसपछि उनी सर्वोेच्च पुगेर परावेदन गरेका थिए । सो पुनरावेदनमा सर्वोच्चले उनको सजाय खारेज गर्ने फैसला गरेको हो ।

लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन् । गान्धी आजै लोकसभा बैठकमा सहभागी भएका छन् ।

विदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles