Saturday, May 30, 2026

रोल्पाको त्रिवेणी गाउँपालिका–७ स्थित सहिद मार्गअन्तर्गत तिलानजिक रिचिमा यात्रुवाहक बस दुर्घटना भएको छ । रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना भएको हो ।

ताजा / भरखरै प्राप्त

उद्धार कार्यमा खटिएका प्रहरीको टोलीले दिएको जानकारी अनुसार ४ जनाको मृत्यु भएको र उनीहरुको शव निकालिएको छ । अन्य २० जनाभन्दा बढी घाइते रहेको बताइएको छ । बसमा कतिजना यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रहरुमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई ठूला अस्पताल पठाउने तयारी भइरहेको पनि जनाएको छ ।

बस सडकबाट करिब सय मिटर तल खसेकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles