Tuesday, July 1, 2025

दुई जना दुधे बालकलाई अपहरण गरी बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सकुशल उद्धार गरेको छ । एक जना अपहरणकारी पनि पक्राउ गरिएको छ । आइतबार सीमा पार गरेर भारततर्फ लगिरहेका अवस्थामा बोरामा बच्चा रोएको आवाज आएपछि खोलेर हेर्दा २ वटा दुधे बालक फेला परेका थिए । उक्त बच्चा अपहरण गरी ल्याइएको पत्ता लागेको थियो ।

ताजा / भरखरै प्राप्त

बाराको देवताल गाउँपालिका–३ अमुवाका शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई सशस्त्र प्रहरी बल नेपाल नं १२ गण बारा मातहतको बिओपी दक्षिण झिट्कैयाबाट खटिएको टोलीले अपहरणकारीको पञ्जाबाट सकुशल उद्धार गरेको हो ।

बच्चा अपहरणमा संलग्न बिहारको पुर्वीचम्पारण मुर्तिया ग्रामपञ्चायत– ४ आधापुर बस्ने वर्ष २२ का ताबरेज आलमलाई सशस्त्र प्रहरी पक्राउ गरेको छ । उद्धार गरिएका बच्चा र पक्राउ परेका अपहरणकारीलाई सार्वजनिक गरिएको छ । बच्चालाई आइतबार नै अभिभावकलाई बुझाइएको छ । अपहरणकारी आलमलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको छ ।

अपराध
सशस्त्र प्रहरी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles