पछिल्लो समय भारतले चामलका विषयमा लिएको नितिले विश्वभर नै तरंग पैदा गरेको छ । केहि समय अघि सेतो चामल निर्यातमा रोक लगाउने निति लिएको भारतले अहिले भने महँगो बासमती चामलको मात्रै निर्यात गर्ने भएको छ । जसमा प्रति टन १२०० अमेरिकी डलरभन्दा मुनिको बासमती चामल अन्य मुलुकमा निर्यात नगर्ने निर्णय कार्यान्वयन गर्न व्यापार प्रवर्द्धन निकाय ‘एपेडा’ (कृषि तथा प्रंशोधित अन्न उत्पादन निर्यात विकास अख्तियार) लाई निर्देशन जारी गरिएको छ । मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक आपूर्ति बढाउने उद्देश्यले भारतले निर्यातमा एकपछि अर्को निर्णय गर्दै आएको छ ।साभार।
