भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो ग्यासको मूल्य, नेपाल उल्टै बढाइयोभारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ ।बुधवार भारतको मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी यपभोक्तालाई फाइदा हुने बताइएको छ ।तर नेपालमा भने उल्टो भएको छ । भारतबाटै ग्यास आयात गरी वितरण हुने भए पनि यहाँ बिहीबारबाट खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु २३५ ले बढाइएको छ ।नेपाल आयल निगमले बिहीबार रातिदेखि लागु हुने गरी उक्त मूल्यवृद्धि गरेपछि अब नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिण्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिण्डरको मूल्य १ हजार ६६० थियो ।