काठमाडौं । साउदी अरेवियाको दमाममा नेपाल एयरलाइन्सले नियमित उडान थालेको छ ।नेपाल एयरलाइन्सको जहाज बुधबार राति १०ः४० बजे १२६ यात्रुसहित दमाम उडेको थियो ।दमामबाट ११७ जना यात्रु काठमाडौं आएका छन् । साउदी अरब वैदेशिक रोजगारीमा धेरै नेपाली जाने मुलुकमध्ये एउटा हो ।
नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं रुटमा सातको दुई दिन बुधबार र शनिबार उडान गर्ने तालिका बनाएको छ ।
बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडान संख्या बढाउँदै लैजाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।पौडेलका अनुसार निगमको वेबसाइट लगइन गरेर वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिएर यात्रुले नेपाल एयरलाइन्समार्फत यात्रा गर्न सक्ने भएका छन् ।

