निकै ठूलो जनशक्ति खर्चिएर कांग्रेसले पार्टीको कार्यालय सिंगारिरहेको छ । सम्भवत भोली विहानसम्ममा सबै तयारी सकिने छ । साहित्य महोत्सवको तयारीबारे जानकारी दिन कांग्रेसले शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन राखेको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित रहने बताइएको छ । कांग्रेसले बीपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ‘बीपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेर तयारी गरिहेको छ ।
कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिले साहित्य महोत्सवलाई सफल बनाउन पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको परिचालन गर्दै विभिन्न संघसंस्थासँग समन्वय गरी कार्यक्रमलाई भब्य बनाउने जनाएको छ ।
साहित्व महोत्सवमा विभिन्न चरणवद्ध कार्यत्रलमहरु राखिएका छन् । बीपी र प्रजातनबारे प्रवचन दिन विभिन्न क्षेत्रका विज्ञ र विश्लेषकलाई निमन्त्रणा दिइएको छ । सांगितिक कार्यक्रम पनि राखिएका छन् । यसैका लागि सानेपामा रहेको केन्द्रीय कार्यालयलाई सजाउन र मञ्च निर्माणका लागि १०० भन्दा बढी कामदार परिचालन गरिएको छ ।
कार्यालयमा दुई स्थानमा समानान्तर रुपमा कार्यक्रम गर्न सकिने गरी हल निर्माण भइरहेको छ । करिव १३ सय बढी अटाउने गरी हल र मञ्चहरु बनाइएका छन् । पार्किङका लागि रिङरोडको एउटा लेनलाई उपयोग गरिने बताइएको छ । ११० औं जन्मजयन्तीका अवसरमा ११० वटा बेलुन उडाएर उदघाटन हुनेछ । पहिलो दिनको पहिलो कार्यक्रम सभापति देउवाले उद्घाटन गर्नेछन् ।
