Tuesday, October 22, 2024

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दै

ताजा / भरखरै प्राप्त

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।
यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् ।चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि १७ सदस्य समितिकै चुनाव गरिएको हो ।आईसीसीबाट अनुमति लिएरमात्र कार्यसमितिमा पद थप्ने निर्णय भएको नवनिर्वाचित कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles