Wednesday, June 3, 2026

२९० किलो गाँजा बरामद सिराहामा :

ताजा / भरखरै प्राप्त

पर्सा, २४ भद्रौ

सिराहा प्रहरीले
विशेष सूचनाको आधारमा कर्जन्हा नगपालिका ११ स्कूलटोलको पछाडि झाडीमा लुकाइ छपाई राखेका १९ पोका रहेका
दुई क्विन्टल ९० केजी गाँजा नेपाल प्रहरीले बरामद गरेका छन् ।

यसअघि गत शुक्रवार पनि दुई क्विन्टल १७ किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासँगै कारोबारमा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिएक छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles