Saturday, May 30, 2026

रोल्पा बस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । रोल्पाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुलेको हो ।

ताजा / भरखरै प्राप्त

सहिदमार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचि गाउँको सडक खण्डमा मंगलबार मध्यान्ह दुर्घटना ग्रस्त भएको बसमा एक महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार मंगलबार ना ५ ख २६१२ नम्बरको बस रिचि सडकबाट करिब १ सय ५० मिटर मुनि खोल्सोमा खसेर दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनामा परी घटनास्थलमा मृत्यु भएकामा रोल्पाको माडी गाउँपालिका निवासी २२ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ता डाँगी र रोल्पाको परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक रहेका छन् । घाइते अवस्थामा भेटिएका बसका चालक दाङको घोराही उपमहानगर–१२ हापुरका २४ वर्षीय हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेहरुमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढामगर, रोल्पा त्रिवेणी–७ छम्पासुनारीका ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दारबोटका २५ वर्षीय कमानसिंह घर्तीमगर, रोल्पा माडी–४ का ९ वर्षीय मिलन डाँगी, रोल्पा माडी–६ कोर्चाबाङका १५ वर्षीय मुकेश पुन, रोल्पा माडी–२ घर्तीगाउँका २० वर्षीय जितेश बाठा, रोल्पा माडी–७ का २३ वर्षीया हिमानी घर्तीमगर र उनको छोरा ११ महिनाको ओल्सन घर्तीमगर छन् ।

यसैगरी रोल्पा माडी–४ का २२ वर्षीया कबिता खड्का र उनका छोरा ५ वर्षीय युस खड्का, माडी–४ की २६ वर्षीया मीना डाँगी, रोल्पाको माडी–२ घर्तीगाउँकी २८ वर्षीया तिरपना बाठा, रोल्पाको परिवर्तन–३ की २४ वर्षीया खुम्बु बुढा, रोल्पापको त्रिबेणी–२ नुवागाउँकी १७ वर्षीया पूर्णिमा बुढा, रोल्पा त्रिवेणी–२ कै १३ वर्षीया सुस्मिता बुढा, रोल्पाको माडी–२ की ४० वर्षीया बिर्जना घर्तीमगर, रोल्पाको माडी–२ घर्तीगाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ इन्द्रकुमार घर्तीमगर र दाङस्थित घोराही उपमहानगर–१२ हापुरका बसका चालक २४ वर्षीय हुमराज बस्नेत घाइते भएका छन् ।

बस दुर्घटन

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles