Sunday, May 31, 2026

राष्ट्रपति पौडेल र प्रचण्डबीच के भयो कुराकानी:-

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार अपराह्न शीतलनिवास पुगे ।पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड राष्ट्रपति पौडेल भेट्न दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका थिए । लामो समयदेखि अवरुद्ध रहेको संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रचण्ड पार्टीले चलाइरहेको जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं आएका हुन् ।संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा भाग लिनुअघि प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles