Friday, June 12, 2026

पर्साका नेशनल मेडिकल कलेजद्वारा घुर्मीमानिःशुल्क स्वास्थ्य सेवा:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको नेसनल मेडिकलले जनाएको छ ।
शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको हो ।

वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको जनाइएको छ ।
बिहान १०:०० बजेदेखि सञ्चालन भएको शिविरमा १०७ जना महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गराएको थियो ।

शिविरमा रक्तचाप, चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षणपछि विशेषज्ञ चिकित्सकद्वारा परामर्श प्रदान गरिएको थियो। सेवाको सहज व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

शिविरमा वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण चन्द्र प्रसाद, तथा नेशनल मेडिकल कलेजबाट मार्केटिङ म्यानेजर जितेश चन्द्र दास को उपस्थिति रहेको बताइन्छ ।

चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको छन् ।
शिविर कार्यक्रममा वक्ताहरूले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान तथा जनस्वास्थ्य सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छन् । स्थानीयवासीहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन्।

निःशुल्क स्वास्थ्य शिविरले महिला तथा बालस्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles