फागुन २१ गते,हुने निर्वाचनका लागि तराईका जिल्लाहरुमा १४४ जना प्रहरी निरीक्षकहरुलाई खटाइएको प्रहरी स्रोतले जनाएको छ । सुरक्षा संवे-दनशीलताका आधारमा प्रहरी प्रधान कार्यालय काठमाडौंले तराईका जिल्लाहरुमा १४४ जना इन्सपेक्टरहरुलाई खटाएको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र कार्यरत रहेका प्रहरी अधिकृतलाई अप्रेसन कमान्डरका रूपमा विभिन्न क्षेत्रमा खटाइएको बताइएको छ ।
थप मद्दतका लागि खटिएका उनीहरूले आइतबारदेखि तोकिएको क्षेत्रमा जिम्मेवारी सम्हाल्ने भएका छन् ।


