कञ्चनपुरका इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीको टोलीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई मोटरसाइकल सवार ८.३० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८.३० मिलिग्राम भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७.७० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।


