बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा रहबर अन्सारी विजयी भएपछि विश्रामपुर गाउँपालिका का जनतामा उत्साह र खुसीको लहर देखिएको छन् ।
चुनावी परिणाम सार्वजनिक भएसँगै स्थानीय बासिन्दाले एक–अर्कालाई बधाई दिँदै खुसीयाली साटासाट गरेका छन् ।
स्थानीयवासीहरूले अन्सारीको विजयलाई क्षेत्रको विकास र समृद्धिको आशासँग जोडेर हेरेको देखिन्छ ।
वर्षौंदेखि विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा देखिएका समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्दै जनताले अब नयाँ प्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्ने आशा गरेका छन्।
बाराका बासिन्दाहरूले रहबर अन्सारीप्रति विश्वास व्यक्त गर्दै अब बारा–क्षेत्र नं ४ मा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस काम हुने अपेक्षा गरेका छन् । चुनावी अभियानका क्रममा अन्सारीले जनताको समस्यालाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
अन्सारीको विजयसँगै विश्रामपुर गाउँपालिका सहित आसपासका गाउँपालिका क्षेत्रका युवाहरू, बुद्धिजीवी तथा स्थानीयवासीहरूमा नयाँ उत्साह रहेको देखिएको छ।


