Saturday, May 30, 2026

जीप र माेटरसाईकल आपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु:-

ताजा / भरखरै प्राप्त

कञ्चनपुरमा जीप र माेटरसाईकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा से १ च १४०५ काे जीप र म २ प ३५०६ काे माेटरसाईकल ठाेक्किएकाे प्रहरीले जनाएको छ ।दुर्घटनामा माेटरसाइकल चालक र पछाडि सवारकाे घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।उनकाअनुसार दुवैकाे शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

जीपकाे ठक्करबाट ज्यान गुमाएका दुई जनाकाे परिचय: माेटरसाईकल चालक भीमदत्त नगरपालिका-१ बस्ने ४१ वर्षीय राम लुहार र पछाडि सवार ४३ वर्षीय दान सिंह धामी रहेकाे प्रदेश प्रहरी कार्यालय अत्तरिया प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताएका छन् ।उनकाअनुसार दुवै मृतक सवार म २ प ३५०६ काे माेटरसाईकललाई पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा से १ च १४०५ काे जीपले ठक्कर दिएकाे थियोे ।दुवै जनाकाे घटनास्थलमै मृत्यु भएको छ ।जिप चालक पुनर्वास नगरपालिका-११ डाेकेबजार बस्ने २२ वर्षीय सुनिल चाैधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles