Sunday, May 31, 2026

मनकामना दर्शन गरेर फर्किँदै गर्दा माइक्रोबस दुर्घटना,७ जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

आज शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रोबस दु,र्घटनामा पर्दा ७ जनाको मृ’त्यु भएको छ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल भी’रमा ख’सेको प्रहरीले जनाएको छ। माइक्रोबसमा चालक र सहचालकसहित १४ जना सवार थिए। प्रहरीका अनुसार घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।


घा’इतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। मृतकहरू सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक अन्य यात्रु मनकामना मन्दिर दर्शनका लागि आएका भारतीय तीर्थयात्री रहेका छन् ।
नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा घाइतेहरूको उद्धार गरिएको जनाइएको छ ।

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको जनाइएको छ । मृत्यु हुने सबै जना भारतिय नागरिक रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles