Saturday, May 30, 2026

आईजीपी,कार्कीद्वारा मकालु हिमाल आरोहण गर्न लागेका सईलाई झण्डा हस्तान्तरण:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) दान कार्कीद्वारा मकालु हिमाल आरोहण गर्न लागेका सईलाई झण्डा हस्तान्तरण गरेका छन् ।संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको जनाएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरेको छन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles