Saturday, May 30, 2026

माछा मार्ने क्रममा बागमती नदीमा डुबेर बेपत्ता भएका स्याङतानको शव फेला:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव तीन दिनपछि, नदिमा फेला परेको राैतहट प्रहरीले जनाएको छ ।


चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाही जिल्ला को बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो। गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको नेपाल संयुक्तको टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिएको हो ।

डीएसपीको कमाण्डमा खटिएका प्रहरीको टोलीले बिहीबार र शुक्रबार पनि निरन्तर खोजी कार्य जारी राखेको थियो, खोजतलासकै क्रममा आज बिहान साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीको पानीमा तैरिरहेको अवस्थामा स्याङतानको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सुरक्षा निकायको संयुक्त टोलीले डुंगाको प्रयोग गरी शवलाई नदी बाहिर निकालेका छन् ।


शवलाई पोष्ट मार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको ताैतहट प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles