Friday, April 17, 2026

मानव बेचबिखन तथा ओसारपसार अभियोगमा चारजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेको प्रहरीले बताएका छन् ।

उनीहरूलाई मानव बेचबिखन तथा अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन् । अभियुक्तहरूले नाबालिगलाई प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसैगरी केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles