नियुक्तीकै दिन विवादमा आएका श्रममन्त्री दिपक शाह पदमुक्त भएका छन।
बालेन्द्र शाह नेतृत्वको सरकारमा नियुक्तीकै दिन विवादमा तानिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्। साह नियुक्त भएको दिनमै उनीमाथि ठगीसम्बन्धी आरोप सार्वजनिक भएको थियो। त्यसपछि आफ्नै श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा पुनः सक्रिय गराएको विषयले थप विवाद चुलिएको थियो। उक्त कार्यलाई पदको दुरुपयोग भएको ठहर गर्दै रास्वपाले कारबाहीको सिफारिस गरेको हो। पार्टी सभापति रवि लामिछाने को सिफारिसमा गरिएको निर्णयपछि प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गरेका हुन्। रास्वपाले यो घटनाले पार्टीको छवि, आदर्श र मर्यादामा असर पर्ने निष्कर्ष निकालेको जनाएको छ। यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि अध्ययनपछि साहमाथि कारबाही आवश्यक रहेको प्रतिवेदन पार्टीलाई बुझाएको थियो। पार्टी विधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउने (राइट टु रिकलब) व्यवस्था रहेकाले सोही आधारमा कदम चालिएको बताइएको छ। त्यसैगरी, घटनामा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतालाई पनि प्रधानमन्त्रीले सचेत गराइसकेको जानकारी दिइएका छन् ।


