राैतहट जिल्लाका सुरक्षाकर्मीले गरेको चेकजाँचका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔंषध सहित राैतहटको राजदेवी ७ मुडवलबाका २० बर्षिय अटो चालक मोहन पण्डित प्रहरीद्वारा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल¸ नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. गौर र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डबाट खटिईएको संयुक्त टोलीले गौर भन्सार बेरियरबाट लागु औषध सहित एक जना ब्यक्ति नियन्त्रणमा लिएको हो।भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३ ००३ ह १११० नम्बरको अटो भन्सार बेरियरमा शंका लागी चेकजाचँ गर्दा सवारी चालकको सिटमुनि एक सानो कार्टुन भित्र कालो रंगको ३ वटा प्लाष्टिकको झोलामा पोका पारी लुकाई ल्याउँदै गरेको अवस्थामा DIAZEPAM INJECTION IP 2ml -१०० पिस¸ PROMETHAZINE HYDROCHLORIDE INJECTION IP 2ml -१०० पिस¸ BUPRENORPHINE INJECTION IP 2ml-१०० पिस र गाजा जस्तो देखिने वस्तु – अं. ५ ग्राम फेला परेको हो।

पक्राउ पर्ने व्यक्ति राजदेवी न.पा.-७ मुडलवा घर भएका भग्रित पण्डितको छोरा मोहन पण्डितलाई निजको साथमा रहेको नेपाली रुपैया रु. ४९०,भारतिय रुपैया १००,एण्ड्रोएड मोबाईल १ थान र अटो सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा बुझाएको सशस्त्र प्रहरी बल¸नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. राैतहटले जनाएको छ।


