उद्धार कार्यमा खटिएका प्रहरीको टोलीले दिएको जानकारी अनुसार ४ जनाको मृत्यु भएको र उनीहरुको शव निकालिएको छ । अन्य २० जनाभन्दा बढी घाइते रहेको बताइएको छ । बसमा कतिजना यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रहरुमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई ठूला अस्पताल पठाउने तयारी भइरहेको पनि जनाएको छ ।
बस सडकबाट करिब सय मिटर तल खसेकाे छ ।



