समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले आज बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको जनाइएको छ ।
जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ, भने, दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको छ ।

श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाएका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको जनाइएको छ ।


